डीजे नियन्त्रण गर्न खोजेपछि ट्राफिकको मोटरसाईकल माथि ट्याक्टर चढाएर चालक फरार

राजविराज– सप्तरीमा डीजे बाजा बोकेको ट्याक्टर नियन्त्रण गर्न खोज्ने दुई जना ट्राफिक प्रहरीको ज्यान मार्ने प्रयास भएको छ।

सोमवार राती डीजे बाजा बोकेको च १ त ५६६७ नम्बरको ट्याक्टरका चालकले ट्राफिक प्रहरीको ज्यान मार्ने प्रयास गरेका हुन। ट्राफिक प्रहरीले पिछा गरेपछि चालकले उनीहरु सवार स११प १५०० नम्बरको मोटरसाईकल माथि नै ट्याक्टर चढाई दिएका थिए।

खडक नगरपालिका ११ स्थित बनौली टोलमा भएको यो घट्नामा ट्राफिक प्रहरी सुमन राउत र दिनेश ठाकुर घाइते भएका छन्। उनीहरुका अनुसार ट्याक्टर चेकजाँच गर्न खोज्दा चालकले नरोकी अगाडि वढेका थिए। त्यसपछि उनीहरुले मोटरसाईकल मार्फत ट्याक्टरको पिछा गरेका थिए। त्यही क्रममा चालकले मोटरसाइकलमाथि नै ट्याक्टर चढाई दिएको उनीहरुले बताएका छन्।

घाइते दुबै ट्राफिक प्रहरीको स्थानीय क्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारकाका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको छ। ट्याक्टर चालक फरार छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट