महिला रिपोर्टरलाई रोबोटले गर्यो ‘यौन दुर्ब्यवहार’, नितम्वमा पुर्यायो हात

काठमाडौ– प्रविधिले निकै ठुलो प्रगति गरिरहेको विश्वले मान्छेको काम रोबोट मार्फत गराउन थालेको छ। रोवोट मानिस जस्तै बोल्ने, प्रतिक्रिया जनाउने र मानिसले सफ्टवेयर मार्फत दिएको निर्देशन पालना गर्छ। भनिन्छ, यसमा मावविय सम्वेदना भने हुँदैन।

तर, साउदी अरबको ‘एन्ड्रोइड मुहम्मद’ नाम गरेको रोबोटका कारण एक महिला रिपोर्टर ‘यौन उत्पीडन’ मा परेको खुलेको छ। यो घट्नाले विश्वलाई नै झस्काइदिएको छ। रोवोटले सार्वजनिक कार्यक्रममै रिपोर्टिङ गर्न पुगेकी राव्या अल कासिमीलाई यौन दुर्ब्यवहार गरेको जनाईएको छ।

रोबोटका बारेमा जानकारी दिन आयोजित कार्यक्रममा रोवोटसँग केही प्रश्न गर्दै थिइन्। त्यही क्रममा अचानक रोबोटले उनको नितम्बमा हात पु¥याएको थियो। त्यसपछि राव्याले केही असहज महसुस गरेकी थिईन।

सामाजिक सञ्जालमा उक्त दृश्यसहितको भिडियो क्लिप भाइरल भइरहेको छ। यस घटनाका बारेमा मिश्रित प्रतिक्रिया आइरहेका छन्। कतिपयले यसलाई ‘स्वाभाविक गतिविधि’ भनेर समर्थन जनाएका छन् भने कतिपयले रोबोटको ‘प्रोग्रामिङ’ र ‘कन्ट्रोल’का बारेमा प्रश्न उठाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट