कांग्रेसलाई स्वर्णिम वाग्लेको ब्यंग्यः च्याप्प समातेर प्रधानमन्त्री बनाइदेलान्, भागेर हिँड्नुप-या छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले कुर्सीका लागि गलत राजनीतिक संस्कारकाको विकास भएको बताएका छन्। नेपाली कांग्रेसले आफ्ना पार्टी सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको खुलासा गर्दै उनले ‘प्रधानमन्त्री बनाइदिन्छन् कि भनेर भागी हिँड्नुपरेको’ भनेर कांग्रेसप्रति ब्यंग्य गरे।

बुधबार प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको समर्थन गर्दै उनले भने–‘यहाँ डर छ, भागिभागी हिँडिएको छ, च्याप्प समातेर प्रधानमन्त्री बनाइदेलान्, च्याप्प समातेर उपप्रधानमन्त्री बनाइदेलान्। भागीभागी हिँड्नुप¥या छ।’

बैठकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाएका थिए। उनले गत चुनावका बेला माओवादी अध्यक्ष दाहाललाई नो नट अगेन भन्नेहरुले किन समर्थन गरेको भन्दै प्रश्न उठाएका थिए।

जवाफमा स्वर्णिमले गृहमन्त्री बन्दा रविसँग खोजेको नैतिकता प्रधानमन्त्री प्रस्ताव गर्दा किन नखोजेको भन्दै प्रश्न गरे। ‘गृहमन्त्री बन्दा खोजिने नैतिकता प्रधानमन्त्री अफर गर्दा पनि खोजिनुपर्ने हो नि त’–उनले भने।

कांग्रेस नेताहरुलाई आफू प्रमाणबिना बोल्दिन भन्ने थाहा रहेको भन्दै वाग्लेले प्रधानमन्त्रीको प्रस्ताव आएको कुरा सत्य भएको जिकिर गरे। उनले भने–‘कांग्रेसले गरेको छैन भन्ने हो भने हामी सक्कली कांग्रेस र नक्कली कांग्रेस खोज्दै हिँड्ने कुरा भएन।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट