छोराको मृत्युपछि एक्लै भएकी वुहारीलाई छोरी सरह अन्मायो गौतम परिवारले

काठमाडौं– गुल्मीको शान्तिपुर स्थायी घर भई बुटवलमा बस्दै आएका लक्ष्मीधर गौतमले शुक्रबार विधवा बुहारी २७ वर्षीया धना गौतमको पुनः विवाह गराई दिएका छन्।

३ वर्षअघि २७ वर्षीय छोरा ध्रुव गौतमको करेन्ट लागेर मृत्यु भएपछि एक्ली भएकी वुहारीको स्थानीय अमृत पौडेलसँग उनले पुनः विवाह गराई दिएका हुन।

लक्ष्मीधरका ३ छोरामध्ये ध्रुवको ०७४ सालमा धनासँग विवाह भएको थियो। त्यसको ठिक ३ वर्षपछि ध्रुवको निधन भयो। बुटवलमा इलेक्ट्रोनिक्स पसल चलाने उनको पसलमा काम गर्ने क्रममा करेन्ट लागेर निधन भएको उनले सुनाए।

त्यसपछि २४ वर्षकै उमेरमा बुहारी धना विधवा भइन्। बालबच्चासमेत नभई छोराको निधन भएपछि गौतमले वुहारीलाई छोरी सरह पालेका थिए। उनी सानो तिनो काम र जागिर गर्न थालिन्। घरपरिवारसँग पनि आफ्नो जिम्मेवारी निर्वाह गर्दै आई।

लक्ष्मीधर भने वैदेशिक रोजगारीका क्रममा इजरायल बस्छन्। लगभग १० वर्ष त्यहाँ वसेर १ महिनाअघि मात्रै उनी घर फर्केका हुन। यस विषयमा वुहारी र परिवारको सल्लाह भएर उनको पुनः विवाह गराउने निर्णय लिईएको गौतमले वताए।

‘एक्लै वस्न सक्छौ भने छोरा सरह अंश र अधिकार दिएर राख्छु, विवाह गर्ने भए छोरी सरह अन्माउँछु भनेर मैले तीन वर्ष अघि नै भनेको थिएँ’ गौतमले भने–‘यतिवेला आएर उनले पनि दोस्रो अप्सन रोजेपछि विवाहको वातावरण वन्यो।’

आफु आएपछि बुहारीले ‘आफूलाई एक जना मान्छे मन परेको र घरपरिवार राजी भए विवाह गर्छु’ भनेपछि प्रकृया अगाडि वढेको उनले सुनाए। ‘उनीहरूको मन मिलेकाले सबै कुरा मिलाएर अन्माएर पठाइदियौँ।’– गौतमले भने।

दुवैले एक अर्कालाई मन पराएर विवाह गर्ने प्रस्ताव ल्याएको लक्ष्मीधर बताउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट