पूर्वसभामुख महरालाई कारवाही र विनोद चौधरीसँग बयान लिन रविको निर्देशन

काठमाडौं– गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरण पूर्व सभामुख कृष्णबहादुर महरालाई कारवाही तथा बाँसवारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग वयान लिन निर्देशन दिएका छन्।

लामिछानेले आईतबार गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र सीआईबी प्रमुख श्याम ज्ञवालीसहितको छलफल आयोजना गरी यस्तो निर्देशन दिएका हुन।

मन्त्रालय स्रोतकाअनुसार गृहमन्त्रीले पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष कृष्णबहादुर महरासहित सुन प्रकरणमा आयोगले किटान गरेका निजामती कर्मचारी, प्रहरी र अन्य व्यक्तिलाई बयान लिई कारबाही अघि बढाउन निर्देशन दिएका छन्। जाँचबुझ आयोगले गृहमन्त्रीलाई चैत १ मा प्रतिवेदन बुझाएको थियो।

यसैगरी, बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकार मातहत ल्याउने प्रक्रिया पनि आजै सुरू गर्न र अनुसन्धानको दायरामा रहेका सबैलाई बयान लिन लामिछानेले निर्देशन दिएका छन्।

मन्त्रीको निर्देशनसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उद्योगपति एवम् सांसद चौधरीको पनि बयान लिने तयारी गरेको छ।

सीआईबीले बाँसबारी जग्गा प्रकरणमा अनुसन्धानका लागि १८ माघमा अरुण कुमार चौधरीसहित तीन जनालाई पक्राउ गरेको थियो। तर जिल्ला अदालत, काठमाडौंका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले ‘२५ दिनभित्र नै हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको’ भनेपछि उनीहरु रिहा भएका थिए।

सरकारी स्वामित्वको बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा निजी स्वामित्वको च्याम्पियन फुटवेयर प्रालिलाई बिक्री गरिएको थियो। च्याम्पियन फुटवेयर बन्द भइसकेको छ। त्यो जग्गा हाल सीजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा छ।

त्यसबेला च्याम्पियन फुटवेयरमा लुनकरणदास चौधरीको २ हजार १०० कित्ता शेयर थियो भने विनोदकुमार चौधरी, वसन्त चौधरी, अरुणकुमार चौधरी र महेशकुमार अग्रवालको समान २००÷२०० कित्ता शेयर थियो।

गंगादेवी चौधरीको १०० र बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको नाममा २ हजार हजार कित्ता शेयर थिया । चौधरी परिवारका सदस्यहरुमध्ये विनोद कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद छन्।

पछिल्लो अनुसन्धानमा प्रहरीले विनोदसहित तत्कालीन च्याम्पियन फुटवेयरका शेयर होल्डरहरुमाथि सोधपुछ र बयान थाल्ने तयारी गरेको प्रहरी अधिकृतहरु बताउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट