बाग्लुङको निसीखोलामा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, २० जना घाईते

काठमाडौं– रुकुम पूर्वबाट काठमाडौँ आउँदै गरेको यात्रु बस बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।
बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्वरको बस मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने जाउलेपानीमा अहिले साँझ दुर्घटनामा भएको हो।
बस सडकबाट करिब तीन सय मिटर तल पुगेको र उद्वार कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए।
घट्नामा २० जनाभन्दा बढी घाइते भएका छन् । वसमा ३२ जना यात्रु थिए । घाइतेलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र पु¥याइएको विकले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी छ।
प्रतिक्रिया