पतिले कोदालोले हान्दा घाईते भएकी पार्वतीले उपचार पनि पाईनन्, वाटैमा मृत्यु

काठमाडौं– श्रीमान्को कोदालो प्रहारबाट गम्भीर घाइते भएकी बैतडीको डिलाशैनी गाउँपालिका–७ धामीगाउँकी ५६ वर्षीया पार्वती धामीको मृत्यु भएको छ।

बिहीबार बिहान श्रीमान ६२ वर्षीय कृष्ण धामीले उनीसहित तीन जनालाई कोदालो प्रहार गरेका थिए। पार्वतीको स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि लैजाँदा बाटोमै मृत्यु भएको हो।

कोदालो प्रहारबाट कृष्णकै घरमा डेरा गरी बस्दै आएका गाउँपालिकाको उद्यम शाखामा कार्यरत दशरथचन्द नगरपालिका–९ का २९ सुभाष कलौनी र डिलाशैनी गाउँपालिकामा कार्यालय सहयोगी २६ वर्षीय देवराज भट्ट गम्भीर घाइते छन्।

दुवै जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि जिल्लाबाहिर लगिएको छ। गम्भीर देवराजको अवस्था चिन्ताजनक छ। धामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको कारण खुलेको छैन। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट