सराव घोटाला प्रकरणमा दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ, अदालतले पनि साथ दिएन

काठमाडौं– भारतमा लोक सभा चुनावको पूर्व सन्ध्यामा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल विहिबार पक्राउ परेका छन्। केन्द्रीय वित्त मन्त्रालय, राजश्व विभाग मातहतको प्रवर्तन निर्देशनालय (ईडी)को टोलीले उनलाई पक्राउ गरेको हो।

ईडीको टोली बिहीबार मुख्यमन्त्रीको घरमा पुगेको थियो। टोलीले २ घण्टा लामो सोधपुछपछि उनलाई पक्राउ गरेको हो।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन्। भारतको चर्चित सराव घोटाला (मदिरा नीतिमा घोटाला) गरेको आरोप केजरीवालमाथि छ।

इडीले पटक–पटक उक्त प्रकरणमा सोधपुछका लागि बोलाए पनि उनी हाजिर भएका थिएनन्। नवौं पटक वोलाउँदा पनि नआएपछि इडीको टिम उनको घरमै पुगेको थियो।

नयाँ मदिरा नीतिसम्बन्धी प्रकरणमा केजरीवालको घरमा समेत छापा मारिएको थियो। मदिरा नीतिमा अन्तःशुल्कको नाफा प्रतिशतलाई ६ बाट १२ पु¥याइएको थियो।

उनले आफूलाई गिरफ्तार गर्न लागेकोमा दिल्ली हाइकोर्टमा निवेदन समेत दिएका थिए। अदालतले पक्राउ रोक्न कुनै आदेश नदिएपछि केजरीवाल बिहीबार साँझ पक्राउ परेका हुन्।

दिल्ली सरकारकी मन्त्री एवं आम आदमी पार्टीकी नेता आतिशीले केजरीवालको गिरफ्तारी बीजेपी र प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक षड्यन्त्र भएको बताइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट