सुस्त मनस्थितिकी बालिका अपहरणपछि २ दिनसम्म बलात्कार, १ जना पक्राउ

जनकपुर– रौतहटको कोल्हवी नगरपालिकामा एक सुस्त मनस्थितिकी बालिका अपहरणपछि बलात्कृत भएकी छिन्।

बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कोल्हवी–८, नयाँ बस्तीका ३० वर्षीय प्रकाश कार्कीलाई पक्राउ गरेको छ। उनी विरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी दधिराम न्यौपानेले बताए।

कार्कीले बालिकालाई ८ चैतमा करिव राति ८ बजे अपहरण गरेका थिए। त्यसपछि दुई दिनसम्म राखेर बलात्कार गरेको पीडित परिवारको आरोप छ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण समेत भइसकेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट