प्रेमीले सम्वेदनशील अंगको भीडीओ बनाई सञ्जालमा अपलोड गर्दिएपछि किशोरीद्वारा आत्महत्या

काठमाण्डौं– प्रेमीले सम्वेदनशील अंगका फोटो÷भीडीओ सामाजिक सञ्जालमा शेयर गर्दिएपछि बैतडीमा एक किशोरीले आत्महत्या गरेको घट्ना सार्वजनिक भएको छ।

दोगडाकेदार गाउँपालिका–२ कफलकोटकी १७ वर्षीया पशुपती महराले आत्महत्या गरेकी छिन्। उनलाई प्रेमी भनिएका डोटीका प्रकाश बलायरले मर्न बाध्य पारेको मृतकका अभिभावले आरोप लगाएका छन्।

उनीहरुका अनुसार बलायरले सामाजिक सञ्जालमा पशुपतीलाई साथी बनाएको र ललाईफकाई सम्बेदनशील अंग देखाउन लगाई भिडियो खिचेर सामाजिक सञ्जालमा शेयर गरेको मृतकका आफन्तसमेत रहेका निवर्तमान वडाअध्यक्ष दलबहादुर महराले बताए।

बलायरले सामाजिक सञ्जालका ग्रुपहरुमा फोटो÷भीडीओ शेयर गरेपछी पशुपतिले आत्महत्या गर्नु परेको उनको आरोप छ। सामाजिक सञ्जालमा सेयर भएका फोटा÷भीडीओहरु आफन्तले पनि फेला पारेका छन्। फोटो÷भीडीओसहितको सम्पूर्ण विवरणहरु प्रहरीलाई बुझाइएको आफन्तले वताएका छन्।

प्रहरीले किशोरीको कोठामा ‘सूसाइड नोट’ समेत फेला परेको छ। तर, त्यसमा आत्महत्याको कारण भने खुलाईएको छैन। दुई पेज लामो सूसाइड नोटमा पशुपतिले परिवार र इष्टमित्रहरुसँग क्षमा मागेकी छन्। आमा बुवाको स्वास्थ्यमा ख्याल गर्न भनेकी छन् भने भाईको गायक बन्ने सपना पुरा होस भन्ने कामना गरेकी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट