१५ वर्षअघिको व्यवसायी हत्या प्रकरणमा माओवादी नेता कालिवहादुर खाम पक्राउ

काठमाडौं– १५ वर्षअघि कोटेश्वरका व्यवसायी रामहरि श्रेष्ठको हत्या गरेको आरोप लागेका सत्तारूढ नेकपा (माओवादी केन्द्र) का नेता कालीबहादुर खाम पक्राउ परेका छन्। मुख्य योजनाकारका रुपमा चिनिएका खामलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार पक्राउ गरेको हो।

माओवादीका राष्ट्रिय सुरक्षा विभाग सदस्य रहेका खाममाथि श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोप छ। १५ वैशाख ०६५ मा व्यापारी श्रेष्ठको अपहरणपछि हत्या भएको थियो। माओवादी लडाकुका पूर्व डिभिजन कमाण्डर रहेका उनी यो मुद्दापछि फरार रहँदै आएका थिए।

०६३ मा माओवादी शान्ति प्रक्रियामा आएपछि खामको टोलीले कोटेश्वर क्षेत्रमा डेरा खोज्ने क्रममा श्रेष्ठलाई ‘म्यानपावर कम्पनीका लागि कोठा चाहिएको’ भन्दै घरको दोस्रो तला भाडामा लिएका थिए।

पछि कोठामा जनमुक्ति सेनाको तेस्रो डिभिजनको सम्पर्क कार्यालय बनाएको थियो। खामलगायतका लडाकु कमान्डर काठमाडौँ रहँदा त्यहीँ बस्थे। १४ चैत ०६४ राती सम्पर्क कार्यालयबाट पेस्तोल र १७ लाख रुपैयाँ चोरी भएको वहना वनाईयो र घरबेटी श्रेष्ठलाई आरोप लगाएर १५ वैशाख ०६५ को राती अपहरण गरेर शक्तिखोरस्थित लडाकु शिविर पु¥याइयो।

सोधपुछका क्रममा श्रेष्ठले चोरीमा केशव अधिकारी ‘रघु’ र गंगाराम थापा ‘एटम’ (खामका अंगरक्षक) पनि संलग्न भएको बताए। तीनै जनालाई २८ वैशाखमा एउटै कोठामा राखिएको थियो। पोल लगाएको भन्दै रघु र एटमले श्रेष्ठलाई कुटपिट गरे। श्रेष्ठको टाउको, छाती र खुट्टामा गम्भीर चोट लागेको थियो भने उनी वेहोस अवस्थामा फेला परेका थिए। लडाकु शिविरकै गाडीमा राखेर उपचारका लागि काठमाडौँ लैजाने क्रममा भालुढुंगामा पुग्दा श्रेष्ठको मृत्यु भएको थियो।

रघु र एटमले तन्नामा बेरेर त्यसमा ढुंगा हाली श्रेष्ठको शव झोलुंगे पुलबाट नारायणी नदीमाफालिदिएका थिए। एटम खामकै अंगरक्षक थिए। उक्त घटनामा पछि अदालतले खामलाई दोषी ठह¥याएको थियो।

त्यो मुद्दा चितवनमा चलिरहेको छ। यही प्रकरणमा पक्राउ परेका अर्का माओवादीका कमाण्डर गोविन्दबहादुर बटाला भने पक्राउ पछि रिहा भएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट