रक्सी खाएर होहल्ला गरेपछि गायक राजेश पायल राई पक्राउ

काठमाडौं– रक्सी खाएर होहल्ला गरेको आरोपमा प्रहरीले गायक राजेश पायल राईलाई पक्राउ गरेको छ। उनी गएराति पक्राउ परेका हुन्।
राजेश पायल राई सहित तीन जनालाई मदन भण्डारी कलेज अगाडिबाट पक्राउ गरीको प्रहरी वृत्त नयाँबानेश्वरले जनाएको छ।
गएराति काठमाडौं उपत्यकाभरबाट १७२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीहरुमध्ये धेरैजसोलाई आफन्तको जिम्मा लगाइएको छ।
गायक राईलाई पनि आफन्तको जिम्मा लगाउने काठमाडौं उपत्यकाका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए।
प्रतिक्रिया