१ अर्व ४५ करोड क्षतिपूर्ति दावी गर्दै गृहमन्त्री पत्निले २९ जना विरुद्ध दर्ता गरिन अदालतमा मुद्दा

काठमाडौँ– गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेलले शुक्रबार १ अर्व ४५ करोड क्षतिपूर्ति दावी गर्दै २९ जना विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा हालेकी छिन्। सहकारी ठगी प्रकरणमा नाम जोडिएपछि विवादमा परेकी उनले त्यस लगत्तै क्षतिपूर्तिको माग दावीसहित मुद्दा हालेकी हुन।

काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीका अनुसार पौडेलले गाली बेइजतीको कसुरमा विभिन्न सञ्चारमाध्यमका अध्यक्ष, प्रकाशक र सम्पादकविरुद्ध प्रतिब्यक्ति ५ करोडको क्षतिपूर्ति दाबी गरेकी छिन्।

पौडेलले नागरिक दैनिक, कान्तिपुर दैनिक, अनलइनखबर, उकेरा, अर्थ सरकोकार र जनआस्था मिडियाका अध्यक्ष, प्रकाशक र सम्पादकलाई विपक्षी बनाएकी छिन्। उनले मुलुकी अपराध संहिता २०७४ को दफा ३०७ को उपदफा १ र २ बमोजिमको मागदावी लिएर मुद्दा दायर गरेको पन्थीले बताए।

उक्त दफामा बेइज्जती गरेमा ३ वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना तथा मनासिव क्षतिपूर्ति र मुद्दा गर्दाको खर्च समेत भराउनुपर्ने कानुनी व्यवस्था छ। उनले आफ्नो नाम जोडेर सहकारीका विषयमा समाचार लेखेको आरोप लगाउँदै दायर गरेको मुद्दामा हरेक प्रतिवादीलाई ३ वर्ष कैद र ३० हजार जरिवाना तथा जनही ५ करोड क्षतिपूर्तिको माग गरिएको छ।

साई स्वागत सहकारी संस्थाको रकम हिनामिना प्रकरणको समाचारमा पौडेलको नाम उल्लेख थियो। पौडेल उक्त सहकारीकी निवर्तमान उपाध्यक्ष हुन्। उनले जमानीमा रास्वपाका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई ८० लाख ऋण दिलाइकी थिइन्। उक्त रकम फिर्ता नभएपछि वचतकर्ताको रकम हिनामिना भएको छ।

साई स्वागत बचत तथा ऋण सहकारीमा काठमाडौं महानगरपालिकाले छापा मारेको थियो। महानगरले सहकारीबाट पछिल्लो साधारणसभाको उपस्थिति निर्णय सहित माइन्युट, सहकारीबाट ऋण लिने ऋणीको विवरण, बचतकर्ताको विवरण, धेरै ऋण लैजाने ऋणी, सञ्चालक समितिका सदस्यहरूको विवरण र सहकारीको सफ्टवेयर सिस्टम नियन्त्रणमा लिएको छ।

महानगरपालिका अनुसार धेरै उजुरी आएका ४० सहकारीमध्ये साई स्वागत बचत तथा ऋण सहकारी पनि एक हो।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट