३ वर्षको प्रेम सम्वन्धपछि कागजी रुपमा सुरु भएको गायक निशान र मोडल ऋचाको सम्वन्ध कागजी रुपमै सकियो

कागजी रुपमा सुरु भएको गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेबीचको सम्वन्ध कागजी रुपमा समाप्त भएको छ। विवाहको ३ वर्ष नपुग्दै उनीहरु कानूनीरुपमै छुट्टिएका छन्।

आपसी सहमतिमै उनीहरुले सम्बन्ध विच्छेद गरेको जनाइएको छ। ७ चैतमा काभ्रे जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको एकल इजलासले सम्बन्ध विच्छेदको फैसला गरेको हो।

सम्वन्ध विच्छेदका लागि ऋचाले मुद्दा दायर गरेकी थिइन्। अदालतको वेबसाइटमा उनीहरुबीच सम्बन्ध विच्छेदको मिलापत्र भएको उल्लेख छ। अदालतको आदेशमा भनिएको छ, ‘प्रस्तुत मिलापत्रको ब्यहोरा, त्यसको मतलब र परिणामसमेत दुवै पक्षलाई पढीबाची लेखिएबमोजिम पति पत्नीबीचको सम्बन्धविच्छेद हुनेगरी मिलापत्र गर्न सहमत भई दुवै पक्षहरुले सहीछाप समेत गरेकाले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ बमोजिम प्रस्तुत मिलापत्र प्रमाणित गरिदिएको छ ।’

२ वर्षको प्रेम सम्बन्धलाई निशान र ऋचाले विवाहमा परिणत गरेका थिए। ०७७ सालमा उनीहरुको कोर्ट म्यारिज भएको थियो। निशान नेपाल आइडलको पहिलो सिजनको फस्ट रनरअप हुन् भने पछिल्लो समय उनी चल्तीका गायक हुन्। ऋचा भने मोडलिङ पेशामा आबद्ध छिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट