तेस्रो श्रीमतीको हत्या गरी भागेका ६६ वर्षका रावत २८ वर्षीयासँग चौथो विवाह गरेपछि पक्राउ

काठमाडौं– १७ वर्षअघि २४ वर्षीय श्रीमती गौरी विक रावतको हत्या गरी फरार भएका सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० लाटिकोइलीका ५६ वर्षीय ९घट्नाको समयमो उमेर० रामबहादुर रावत पक्राउ परेका छन्।

तत्कालिन लाटिकोइली गाविस–५ की गौरीसँग विवाह गरेका उनले त्यसको एक महिनामै ९९ असार ०६३० कुटपिट गरेर उनको हत्या गरेका थिए। त्यसपछि गोठमा श्रीमतीको शव फालेर भागेका उनी गत २१ चैतमा जाजरकोटको जुनिचाँदे गाउँपालिका– १ काप्राबाट पक्राउ परेका हुन।

प्रहरीका अनुसार दलित भएको भन्दै श्रीमतीको हत्या गरेर फरार भएका उनी १० वर्षसम्म भारतमा लुकेर बसेका थिए। वैशाख ०७३ मा उनी पुर्ख्यौली गाउँ जाजरकोटको जुनिचाँदेमा फर्किएका थिए। ६६ वर्षको उमेरमा गाउँ फर्केका उनले २८ वर्षीय किशोरीसँग विवाह गरेर वसेका थिए।

उनले गौरीभन्दा पहिले पनि २ वटा विवाह गरिसकेको प्रहरीको अनुसन्धानले देखाएको छ। जेठी श्रीमतीबाट एउटा छोरा समेत छन्। दोस्रो र गौरीबाट उनको बच्चा थिएन। कान्छीबाट ८ वर्षीय छोरा रहेको प्रहरीले जनाएको छ।

गौरीको हत्या भएपछि उनकी ठुलीआमा पर्ने पार्वती नेपालीले रामबहादुर विरुद्ध ११ असार ०६३ मा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दिएकी थिइन्। ६ जेठ ०७६ मा जिल्ला अदालत सुर्खेतबाट रामबहादुर विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।

उजुरी दिने पार्वतीको मृत्यु भइसकेको छ भने मृतकका आफन्त प्रहरीको सम्पर्कमा छैनन्। आमाबुबा गुमाएकी गौरीको माइती घर बर्दिया भएको बुझिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट