कैलालीमा २७ र २२ वर्षका दिदी बहिनी मृत फेला

कैलाली– कैलालीको घोडाघोडी नगरपालिका–१० मा एकै परिवारका दुई दिदी बहिनी मृत अवस्थामा भेटिएका छन् । २७ वर्षीया श्रीमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरी झुन्डिएको अवस्थामा मृत फेला परेका हुन।
जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कवीन्द्र बोहराका अनुसार घरको दोस्रो तलामा उनीहरुको शव फेला परेको हो। आफू सुत्ने कोठामा सलको पासो बनाएर झुन्डिएको अवस्थामा उनीहरूको शव भेटिएको डीएसपी बोहराले जानकारी दिए।
प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया