माईत गएकी महिलाको गहुँबारीमा हत्या
जनकपुर– धनुषामा माईत गएकी एक ५५ वर्षीया महिलाको गहुँबारीमा हत्या भएको छ।
हंसपुर नगरपालिका–७ बाट सहिदनगर नगरपालिका–४, ननुपट्टीस्थित माईत गएकी शुभदेवी मण्डलको हत्या भएको हो।
माइत गएकी उनी शनिबार साँझ ७ बजदेखि सम्पर्कविहीन थिइन्। आज विहिान करिव सवा ९ बजे गाउँ नजिकैको गहुँबारीमा उनको शव फेला परेको छ।
मृतकको शरीरको विभिन्न भागमा घाउचोट देखिएको छ। कसैले उनको हत्या गरेर खेतमा फालेको हुन सक्ने प्रहरीको आशंका छ। आफन्तको मृत्यु भएपछि उनी माईत आएको खुलेको छ।
घटनास्थलको वृहत अनुशन्धानका लागि प्रहरीले तालिम प्राप्त कुकुर मगाएको धनुषा प्रहरीका डीएसपी रञ्जन अवाले बताए।
प्रतिक्रिया