सहकारी ठगी प्रकरणमा नयाँ खुलासाः समस्याग्रस्त १२ सहकारीका अध्यक्ष डिभोर्सी, तर वस्छन सँगै

काठमाडौं– यतिबेला सहकारी समस्या विकराल वन्दै गएको छ। देशका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने तथा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशसमेत सहकारी ठगी प्रकरणमा जोडिएका छन्।

यसरी, छोटो समयमा अवाञ्छित आर्थिक क्रियाकलापमार्फत व्यक्तिगत लाभ र दोहन गर्ने अराजक प्रवृत्ति हावी भएकाले बचतकर्ताहरूले दुःख पसिना गरेर कमाएको रकम के होला भन्ने अन्यौल कायमै छ।

यही सन्दर्भमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का निवर्तमान अध्यक्ष परितोष पौड्यालले यो प्रकरणमा गृहमन्त्री रवि लामिछानेको नाम जोडिँदा सहकारी दिनदिनै बदनाम भइरहेको बताएका छन्। लामिछानेले अनुशन्धानको दायरालाई खुल्ला छोड्नु पर्ने उनको भनाई छ। ‘उहाँले अनुसन्धानको दायरा खुला छाडिदिनुपर्छ। उहाँ बढी प्रतिक्रियात्मक हुनुहुँदैन।’– उनी भन्छन्।

सहकारीको नामलाई दुरुपयोग गरी छोटो समयमा अवाञ्छित आर्थिक क्रियाकलापमार्फत व्यक्तिगत लाभ, दोहन गर्ने र व्यक्तिका तजबिजका आधारमा चलेका सबै सहकारीमा समस्या आएको बताएका छन्।

पौड्यालले नियोजित रुपमा सहकारी डुबाईएको दावी गरेका छन्। ‘जस्तो समस्यामा परेका भनिएका १२ वटा संस्थाको वित्तीयदेखि सबै अवस्था हेर्दा आश्चर्य के देखियो भने १२ वटै संस्थाका अध्यक्षले श्रीमतीसँग डिभोर्स गरेको पाइयो’ उनी भन्छन्–‘योजनाबद्ध नभएको भए १२ जना अध्यक्षको नै डिभोर्स हुन्छ ? फेरि कागजमा डिभोर्स छ, तर सँगै बसिरहेका छन् ।’

अहिलेसम्म १३ सहकारी संस्थाहरु समस्याग्रस्त सहकारीको सूचीमा परेका छन्। ओरेण्टल को–अपरेटिभ लिमिटेड, स्ट्यान्डर्ड सेभिङ्ग एण्ड कोअपरेटिभ लिमिटेड, प्यासिफिक सेभिङ्ग एण्ड ईन्भेष्टमेन्ट कोअपरेटिभ लिमिटेड, प्रभु वचत तथा ऋण सहकारी संस्था लि., कोहिनुर हिल सेभिङ्ग एण्ड को अपरेटिभ लिमिटेड, कन्ज्यूमर वचत तथा ऋण सहकारी संस्था लि., कुवेर बचत तथा ऋण सहकारी संस्था लि., चार्टर सेभिङ्ग एण्ड को अपरेटिभ लिमिटेड, भेगास बचत तथा ऋण सहकारी संस्था लि., स्ट्यान्डर्ड मल्टिपर्पोज को–अपरेटिभ लिमिटेड, सोसाईटल वचत तथा ऋण सहकारी संस्था लि., लुःनिभा वहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, पशुपति सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लि. ललितपुर समस्याग्रस्त सहकारीमा सूचिक्रित छन्।

यीमध्ये १२ सहकारीमा पाँच हजार बढी बचतकर्ताको चार अर्ब बढी रकम फसेको छ। बचतकर्ताको करिब ४ अर्ब २५ करोड ७४ लाख ८९ हजार ४४६ रुपैयाँ साँवा रकम रहेको थियो। जसमध्ये कूल ५२ करोड २७ लाख ६२ हजार २५९ रुपैयाँ ‘समस्याग्रस्त सहकारी व्यवस्थापन समिति’ ले फिर्ता गराएको छ।

पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको कार्यलय शिल गरी सामग्री श्रेस्ता जफत गरको छ। यस्तै सञ्चालक र कर्मचारीको बैंक खाता रोक्का गरेको, ऋणी तथा सदस्यहरुको अचल सम्पत्ति खोजतलास गर्नुका साथै ऐनको दफा ११२ बमोजिमको मागदाबी पेस गर्ने सूचनासमेत जारी गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट