अनलाईन मार्फत १७ वर्षका युवकसँग १९ लाख ठगी गरेका ३१ वर्षीय धामी पक्राउ
काठमाडौं– मोवाईल लगायतका इलेक्ट्रोनिक्स सामान सस्तोमा मिलाई दिन्छु भन्दै १७ वर्षीय किशोरबाट १९ लाख रुपैयाँ ठगी गरेका एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
डोल्पाको ताङसो गाँउपालिका– ६ घर भई काभ्रेको नमोबुद्द नगरपालिका– १ मा रहेको नमोबुद्ध गुम्बामा अध्ययन गरिरहेका १७ वर्षीय कार्मा तेन्जेन गुरूङको १९ लाख रुपैयाँ ठगी गरेको आरोपमा दार्चुलाको ब्यास गाउँपालिका– ६ घर भई काठमाडौँ महानगरपालिका–३१, शान्तिनगरमा डेरा गरेर बस्ने भुवनसिंह धामी पक्राउ परेका हुन।
धामीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले केही दिनअघि पक्राउ गरेको हो। धामीले ती किशोरसँग सामाजिक सञ्जालमार्फत् सम्बन्ध स्थापित गरी पटकपटक गरेर खल्ती एपमार्फत् १९ लाख रुपैयाँ ठगी गरेको पाइएको प्रहरीले जनाएको छ।
उनले किशोरलाई सामसुङ मोबाईल र अन्य विभिन्न किसीमका सामानहरू सस्तोमा पठाइदिन्छु भन्दै ठगेको प्रहरी अनुसन्धानमा देखिएको छ। पैसा पठाएर पनि सामान नपाएप िपीडितले दिएको जाहेरीका आधारमा धामी पक्राउ परेको प्रहरीले जनाएको छ।