मकवानपुरकी अढाई वर्षीया बालिकालाई भारत पुर्याएर वेच्ने ललितपुरकी विश्वकर्मा पक्राउ

काठमाडौं– ‘होस्टलमा राखिदिन्छु’ भन्दै मकवानपुरबाट काठमाौं पुर्याईएकी एक अढाई बर्षीया बालिकालाई भारतको सिलिगुढीमा लगेर बेचेको खुलासा भएको छ।

बालिकालाई बेचेको आरोपमा ललितपुरको गोदावरी नगरपालिकाकी ४३ वर्षीय उर्मिला भन्ने कल्पना विश्वकर्मा पक्राउ परेकी छिन्। नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले उनलाई पक्राउ गरेको हो।

विश्वकर्मले आर्थिक अवस्था कमजोर भएको मकवानपुरको एक परिवारकी अढाई वर्षकी बालिकालाई भारत पुर्याएर बेचेको प्रहरीको दावी छ। व्यूरोका एसपी ज्ञानेन्द्रप्रसाद फुँयालका अनुसार उनले आर्थिक अवस्था कमजोर भएका बालिकाको बुबाआमालाई पटकपटक भेटेर ‘तिमीहरुको आर्थिक अवस्था कमजोर रहेछ काठमाडौँको संस्थाको होस्टलमा राखिदिन्छौँ भनेको छ,’ भनेर फकाएकी थिइन्।

त्यसपछि बालिकाका बुवाआमाले आफ्नी छोरीलाई उनको जिम्मा लगाएका थिए। तर, उनले काठमाडौँ ल्याएर बिक्री वितरण गरेको अनुसन्धानमा खुलेको फुँयालले बताए। विश्वकर्माले संस्थाको तर्फबाट भन्दै पीडित बालिकाका अभिभावकलाई २० हजार रुपैयाँसमेत दिएकी थिईन। उनले बालिकालाई गत २९ चैतमा घरबाट ल्याएर ४ दिन आफ्नो घरमा राखेकी थिईन।

त्यसपछि झापाको काकरभिट्टासम्म पु¥याएर भारतको सिलगुढी माईती भएकी महिलालाई बेचेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ। प्रहरीले पीडित बालिकालाई १० बैशाख उद्दार गरेको छ।

बालिका बेचविखनमा संलग्न विश्वकर्मालाई जिल्ला अदालत काठमाडौँबाट मानव बेचविखन तथा ओसारपसार मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको फुयालले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *