आईजीपी देशवाहिर रहेका बेला रवि लामिछानेले गरे ६ जना एसएसपीको सरुवा

काठमाडौं– प्रहरी महानिरीक्षक (आईजीपी)वसन्त कुँवर देशबाहिर रहेको बेला उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ६ जना एसएसपीको सरुवा गरेका छन्।

आईजीपी कुँवर इन्टरपोलको महासभामा भाग लिन फ्रान्स गएका बेला लामिछानेले एसएसपीको सरुवा गरेका हुन। उनी गएपछि नै सरुवा निर्णय भएको गृहमन्त्रालय स्रोतले बताएको छ।

सरुवामा काठमाडौं जिल्ला प्रहरी परिसरका एसएसपी भूपेन्द्र खत्रीलाई अपराध अनुसन्धान विभागमा पठाईएको छ भने विभागमा रहेका वसन्त रजौरेलाई काठमाडौं प्रमुखको जिम्मेवारी दिइएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठोरलाई राष्ट्रिय सुरक्षा परिषद्मा सरुवा गरिएको छ। परिषद्मा रहेका सानुराम भट्टराई, राठोरको स्थानमा अपराध अनुसन्धान कार्यालय आएका छन्।

प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयका एसएसपी अभयनारायण काफ्लेको पनि सरुवा भएको छ। उनको कोशी प्रदेश तालिम निर्देशनालयमा सरुवा भएको हो। कोशीमा रहेका एसएसपी राजन अधिकारीलाई काफ्लेको ठाउँमा हेडक्वार्टरको तालिम निर्देशनालयमा ल्याइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *