बुबाको राजनीतिक डोबमा उम्मेदवार बनेका अभिषेकलाई हराउँदै दमनले चुनाव जिते

बझाङ — यसअघि नेपाली कांग्रेसले जितेको बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन्। भण्डारीले कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहलाई २६७ मतको अन्तरले पराजित गरे।

भण्डारीले ११ हजार ६ सय १३ मत प्राप्त गरेका छन् भने कांग्रेसका सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गरे। माओवादीका जनक बुढाले ३ हजार ८ सय ३१ मत र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १४ मत ल्याए।

०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि त्यहाँ उपनिर्वाचन भएको हो। कांग्रेस उम्मेदवार सिंह उनकै छोरा हुन। ०७४ र ०७९ को आमचुनावमा गठबन्धन भएपनि यो उपचुनावमा कुनै पनि दलहरुबीच गठबन्धन भएको थिएन।

एक्लाएक्लै चुनाव लड्दा ५७ वर्षका भण्डारीले चुनाव जिते। उनी उम्मेदवार बनेर चुनाव जितेको पहिलोपटक हो। छबिसपाथिभेरा गाउँपालिका–१ का भण्डारीले काठमाडौस्थित नेपाल ल क्याम्पसबाट ०४२ सालदेखि राजनीति थालेका हुन।

पढाइ सकेपछि बझाङ फर्किएका भण्डारीले ०५४ सालमै तत्कालीन मटेला गाविसको अध्यक्ष जितेका थिए। भण्डारी २०५५ सालमै एमाले जिल्ला सदस्य बनेका हुन्। यो उपचुनावमा आन्तरिक मतदानमार्फत दमन भण्डारी उम्मेदवार बनेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट