विवाह गरेको केही वेरमै आफनै पत्निको अश्लिल भीडीओ सामाजिक सञ्जालमा सार्वजनिक गर्ने पति पक्राउ
काठमाडौं– विवाह गरिसकेपछि केही बेरमै आफ्नै पत्निको अश्लील भिडिओ सार्वजनिक गरेर एक ब्यक्ति चर्चामा आएका छन्। उनलाई प्रहरीले पक्राउ गरेको छ।
यो घट्ना भारतको मध्यप्रदेशस्थित भोपाल भन्ने ठाउँको हो। प्रहरीले पत्निको अश्लील भिडिओ सार्वजनिक गर्ने पति, भीडीओ सार्वजनिक गर्न उक्साउने आमा र भाइसमेतलाई पक्राउ गरेको छ।
भारतीय सञ्चारमाध्यम फ्री प्रेस जर्नलका अनुसार इङ्गेजमेन्ट गरेर पनि आफूसँग विवाह गर्न अस्वीकार गरेको झोकमा एक व्यक्तिले ती महिलाका प्रेमी अर्थात् अहिलेका श्रीमानलाई अश्लील भिडिओ पठाएका थिए।
प्रहरीका अनुसार केही महिनाअघि भारतको ऐशबागमा बस्ने १९ वर्षीया ती युवतीसँग २२ वर्षीय पुरुषको विवाह तय भएको थियो। फेब्रुअरी २४ मा जब विवाह तय भएको जोडी भिडिओ कलमा च्याटमा जोडियो, युवकले महिलालाई कपडा फुकाल्न भने। महिलाले पनि युवकले भनेजस्तै गरिन्। यो सबै दृश्य युवकले स्क्रिन रेकर्डिङ गरेका थिए।
गत सोमबार मात्रै महिलाले ती २२ वर्षीय युवकसँगको इङ्गेजमेन्ट तोडिन् र मंगलबार आफूसँग प्रेम सम्बन्धमा रहेका पुरुषसँग भागेर विवाह गरिन्। यसपछि ती युवकले आफूले खिचेको अश्लील भिडिओ महिलाका श्रीमानलाई पठाइदिए।
बिहेको रात आफ्नी श्रीमतीको आपत्तिजनक भिडिओ पाएपछि श्रीमानले आफ्नी आमा र भाइलाई देखाए। दुवैले सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक गर्न सल्लाह दिएपछि भिडिओ बाहिरियो।
भिडिओ लिक गर्ने पुरुष, उनका भाइ र आमासहित महिलाको भिडिओ खिच्ने व्यक्तिविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको भारतीय सञ्चारमाध्यम फ्री प्रेस जर्नलले लेखेको छ।
लोकप्रिय
ताजा अपडेट
टिकटकको विष मधेसमा विस्फोटः धनुषामा मस्जिद तोडफोडपछि वीरगञ्जमा उग्र प्रदर्शन, प्रहरी–प्रदर्शनकारी झडप

