पत्नि वियोगमा अत्याधिक मदिरा सेवन गर्दा भेलु बाजेको ज्यान गयो, ग्राण्डीको उपचार पनि काम लागेन

काठमाडौं– भेलु बाजेका नामले चर्चित प्यूठानका मीनबहादुर बुढामगरको विहिवार निधन भएको छ। भेजु बाजे सामाजिक सञ्जाल टिकटकमा अत्याधिक रुचाइएका पात्र हुन।

बिहीबार उपचारका क्रममा प्यूठान जिल्ला अस्पताल विजुवारमा उनको निधन भएको अस्पतालले जनाएको छ। उनी केही महिना अघिसम्म आफ्नो बोली र व्यवहारका कारण सोसल मिडियामा चर्चित थिए।

गत भदौमा उनकी ५९ वर्षीया श्रीमती बिस्ना बुढाको निधन भएको थियो। त्यसयता उनले निकै एक्लो र निराशाका कुरा गरिरहेको सोसल मिडियामा आएका भिडियोमा देख्न सकिन्थ्यो।

अत्याधिक मादकपदार्थ सेवनको कारण बिरामी परेका उनलाई केही समय पहिले मात्रै काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार गरेर लगिएको थियो। उपचारपछि स्वास्थ्यमा सुधार देखिएको थियो। पछिल्लो समय सामान्य भएपनि पुनः बिरामी परेपछि उनलाई जिल्ला अस्पतालमा भर्ना गरिएको थियो।

भेलु बाजेलाई आफन्तले दिउँसो साढे १ बजे अस्पताल पु¥याएका थिए। बेलुका ७ः४० मा उनको मृत्यु भएको हो। यसप्रियसन निमोनिय विथ सेफ्टिक सकको कारणले उनको मृत्यु भएको अस्पतालले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट