अव सय रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा, सरकारले दियो स्वीकृति
काठमाडौं– सरकारले १ सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा (चुच्चे नक्सा) राख्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नयाँ नक्सा राखेर नयाँ डिजाइन गर्न स्वीकृति दिएको हो।
सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले भनिन् ‘सय रुपैयाँको डिजाइन परिवर्तन गर्ने निर्णय भएको छ। स्वीकृत दिएको छ । पुरानो नक्सामा चुच्चे नक्सा प्रयोगमा ल्याउने छ।’
सरकारले ७ जेठ ०७७ मा लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ सार्वजनिक गरेको थियो।
प्रतिक्रिया