दिदी भन्दै एकल महिलामाथि बलात्कार, भीडीओ बनाएर ब्ल्याकमेल गर्न थालेपछि पक्राउ

काठमाडौं– दिदी भन्दै नजिक भएर एकल महिलालाई बलात्कार गरेको र त्यसको भीडीओ बनाएर ब्ल्याकमेल गरेको आरोपमा रूपन्देहीका एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो।

बलात्कार र ब्ल्याकमेल गरेको अपराधमा बुटवल उपमहानगरपालिका–१३ का ३६ वर्षीय सिद्धार्थ गुरुङलाई प्रहरीले पक्राउ गरेको हो। गुरुङले लुम्बिनी सांस्कृतिक नगरपालिका निवासी ती महिलालाई घरमै गएर बलात्कार गरेको प्रहरीको आरोप छ।

उनले बलात्कार गरेको भीडीओ बनाईन ‘आफूले भनेअनुसार नगरे सार्वजनिक गरिदिने’ धम्की दिने गरेको उजुरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका एसपी रञ्जीत सिंह राठौरले बताए।

ती महिलाले आफुमाथि गुरुङले पटक–पटक बलात्कार गरेको र ५ करोडको सम्पत्तिसमेत हिनामिना गरेको दाबी उजुरीमा गरेकी छिन्। प्रहरीका अनुसार गुरुङ निर्माण व्यवसायी हुन। ती महिला र गुरुङ केही समय व्यापारिक साझेदार समेत रहेको खुलेको छ। उनी दिदीको नाता लगाएर महिलासँग नजिक भएको खुलेको छ।

पक्राउ परेको गुरुङ अहिले सिद्धार्थ सिटी अस्पतालमा भर्ना गएका छन्। गुरुङको अप्रेशन भएका कारण चिकित्सकको सिफारिसअनुसार नै अस्पताल भर्ना गरिएको एसपी राठौरले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट