छोराको कुटपिटबाट ५१ वर्षीय बुबाको मृत्यु
लहान– सिरहामा आफनै छोराले कुटपिट गर्दा एक ब्यक्तिको मृत्यु भएको छ।
गोलबजार नगरपालिका–१० डण्डाटोलका २४ वर्षीय जितेन्द्र यादव (रन्जन) ले कुटपिट गर्दा बुबा ५१ वर्षीय चन्दर यादवको मृत्यु भएको हो।
कुटपिटबाट गम्भिर घाईते भएका चन्दरलाई उपचारका लागि विराटनगर स्थित न्युरो अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा शुक्रबार राती करिव २ वजे उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।
प्रहरीले जितेन्द्रलाई पक्राउ गरेको छ। उनले घरायसी विवादमा गत १८ वैशाखमा बुबालाई कुटपिट गरेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया