ग्वार्कोको आगलागीमा एकै परिवारका ५ जना घाईते, ३ बालबालिकाको अवस्था गम्भिर

काठमाडौं– ललितपुरको ललितपुर महानगरपालिका–१७, ग्वार्कोस्थित एउटा टहरोमा आइतबार आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका छन्। घाईते मध्ये ३ बालबालिकाको अवस्था गम्भिर छ।

मोबिल राखिएको टहरोमा आगलागी हुँदा रौतहट घर भएका सन्जय गिरी, उनकी श्रीमती रुपा, १५ वर्षीय छोरा नित, ८ वर्षीया छोरी प्रिया र ३ वर्षीया छोरी एलिसा छन्।

किस्ट अस्पतालमा उनीहरूको उपचार भइरहेको छ। घाइतेमध्ये तीन बालबालिकाको अवस्था गम्भीर रहेको प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।

डढेको मोबिल एउटा भाँडाबाट अर्को भाँडामा सार्ने बेलामा मोबिल आगोमा परेर आगालागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। ५ वटा दमकलको प्रयोग गरी ४५ मिनेटभित्र आगो नियन्त्रणमा लिईएको प्रहरीको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट