इरानमा माछाको वर्षा भएपछि आश्चर्यमा सर्वसाधारण, सडकभरी माछा (भीडीओ)

काठमाण्डौं– इरानमा हालै माछाको वर्षा भएको हो। इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियो नै सार्वजनिक भएको छ। भीडीओ हेर्दा इरानका सडक माछामय भएका छन्।
ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन्। ती माछा चल्मलाइरहेको भीडीओमा देख्न सकिन्छ। यस्तो अचम्मको घटना भएपछि मानिसहरू हेर्न सडकमा निस्किएका छन्। उनीहरू रमाइलो मानिरहेका छन्।
वर्षासँगै माछा खस्न थालेपछि यहाँका मानिसले यसलाई असिना सम्झेका थिए। तर, वाहिर निस्किएर हेर्दा माछाको वर्षा भईरहेको देखेपछि उनीहरु आश्चर्यमा परेका थिए। तर, यो जादु नभई प्राकृतिक भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
यस्ता घटना पहिलेदेखि नै भइरहेको छ। यसलाई ‘एनिमल रेन’ भन्ने गरिएको छ। यस्तो दुर्लभ घटना समुन्द्रमा तुफान आउँदाखेरी देख्न सकिन्छ। तफानका कारण समुन्द्रमा तयार हुने चक्रवातले त्यहाँ भएका सानातिना जिवजन्तु र वोटविरुवालाई आफुमा सामाहित गर्छ।
तुफान शक्तिशाली भएपछि त्यो समुद्रबाट जमिनतर्फ अगाडि वढ्छ। जमिनमा आईसकेपछि तूफान कमजोर हुने र त्यसमा रहेका जिव तथा वनस्पती जमीनमा खस्न थाल्छन्। यो अवस्थामा तीनै जिवको वर्षा भएको भन्दै सर्वसाधारण आश्चर्यमा पछर्न।
सन १८६१ मा सिंगापुरमा तीन दिनसम्म लगातार माछाको वर्षा भएको थियो। यसका साथै १७९४ मा फ्रान्सको लिली शहरमा भ्यागुताको वर्षा भएको थियो।
🇮🇷IT’S RAINING FISH IN IRAN
The unusual phenomenon is believed to have been caused by a tornado scooping the fish up from the sea and throwing them into the sky, where they later rained down.
Source: @nexta_tv pic.twitter.com/sdsV4V9kwt
— Mario Nawfal (@MarioNawfal) May 4, 2024