बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
काठमाडौं– गौशाला २६ लाई बलात्कार गरेको आरोपमा मुद्दा खेपेका क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतबाट सफाइ पाएका छन्। ८ वर्ष कैद सजाय गर्ने जिल्ला अदालत काठमाण्डौंको फैसला उल्ट्याउँदै उच्च अदालत पाटनले उनलाई सफाई दिएको हो।
न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत काठमाडौंले १३ पुस, २०८० मा गरेको फैसला उल्ट्याएका हुन। जिल्लाले लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्दै ८ वर्ष जेल सजायको फैसला सुनाएको थियो।
५ भदौ २०७९ मा सिनामंगलस्थित एक होटलमा राखी बलात्कार गरेको लामिछानेविरुद्ध पीडित (गौशला २६) ले २१ भदौमा जाहेरी दिएकी थिइन्। उजुरी पर्दा क्रिकेट खेलका क्रममा विदेशमा रहेका सन्दीप नेपाल नआएपछि प्रहरीले इन्टरपोलमा डिफ्युजन नोटिस जारी गरेको थियो ।
२० असोजमा नेपाल आएका सन्दीप विमानस्थलबाटै पक्राउ परेका थिए। जिल्लाले पुर्पक्षका लागि थुनामा पठाएका सन्दीप उच्च अदालत, पाटनको २९ पुषको आदेश अनुसार २० लाख धरौटीमा सर्तसहित रिहा भएका थिए।
पछि सर्वोच्च अदालतले उच्चको सर्त हटाई दिएपछि उनले नेपाल बाहिर गएर अन्तराष्ट्रिय क्रिकेट समेत खेलेका थिए। जिल्ला अदालतले दोषी ठहर गरेपछि भने सन्दीपले नेपालबाट खेलेनन्।
One thought on “बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ”
Leave a Reply to Prabin Cancel reply
लोकप्रिय
झापामा आइटी इन्जिनियरको हत्या गरी परिवारसँगै खोजीमा जुटेका थिए अभियुक्त, घट्नास्थलमा छुटेको चप्पलले खोल्यो पोल


Sandeep detai