शिक्षिकासँग शारीरिक सम्वन्ध राखेको विषय लुकाई राख्न विद्यार्थीले गरे पतिसँग १२ लाखको बार्गेनिङ

काठमाडौं– भनिन्छ, प्रेमलाई न उमेर ले छेक्छ न जात धर्मले। त्यसैले नै होला प्रेमका अनेक–अनेक प्रकरण वाहिर आईरहेका हुन्छन्। ती मध्येको एउटा प्रकरण हो– शिक्षक र विद्यार्थीबीचमा हुने प्रेम सम्वन्ध।

यस्ता घट्ना भारतमा निकै वढेको समाचारहरु पढ्न पाईन्छ। पश्चिमा देशहरुमा त यस्ता घट्नालाई सामान्य रुपमै लिने गरिएको छ। स्कूलका छात्रछात्राको किशोरवयको उमेरसँगै शिक्षक÷शिक्षिकासँगको प्रेमको कल्पना स्वभाविकै हो।

पढाई बाहेकका अन्य कैयौ कारणहरुले छात्रछात्राको मनमा शिक्षक÷शिक्षिकाको लागि उथलपुथल पैदा हुन्छ। केही वर्षअघि अमेरिकाको नेभाडा विश्वविद्यालयमा १३१ छात्रछात्रामा गरिएको शोधबाट शिक्षकहरु आकर्षक भएमा विद्यालयका छात्रछात्रामा के असर पर्छ भनेर बुझ्ने प्रयास भएको थियो।

शोधबाट धेरै आकर्षक शिक्षकशिक्षिकाले पढाएको छात्रहरुले धेरै बुझ्ने पाइएको थियो। नेपालमा भने यस्ता घट्ना विरलै पाईन्छ। तर हुँदै नभएको भने होईन। हालै एउटा यस्तै घट्ना भएको छ। कक्षा १० मा पढ्ने विद्यार्थीसँग शिक्षिका नै प्रेममा परेपछि यो प्रकरण प्रहरी कार्यालयसम्म पुगेको थियो।

जानकारी अनुसार काठमाडौं गोदावरीकी ३४ वर्षीया प्रियसना (नाम परिवर्तन) राहत शिक्षकको कोटामा सिन्धुपाल्चोकस्थित एक सरकारी विद्यालय पढाउँथिन। ‘होम ट्युसन’ पनि पढाउँने उनले कक्षा १० मा पढिरहेका प्रितम (नाम परिवर्तन) लाई पनि ट्युसन पढाउन थालिन।

अविवाहित प्रियसना ख्यालठट्टा गर्न मनपराउँथिन्। उनको यही वानिले ट्युसन पढाउने क्रममै प्रितमसँग नजिक भईन। उनीहरूबीच माया प्रेमका कुरा हुन थाले। एक दिन प्रियसनाले प्रितमलाई आफ्नै कोठामा बस्न भनिन्। प्रितम प्रियसनाकै कोठामा बस्न थाले। उनीहरूबीच शारीरिक सम्पर्क पनि भयो। उनीहरू ल्यापटप र मोबाइलमा अश्लील भिडियोसमेत हेर्थे।

१२ कक्षासम्म त्यो विद्यालयमा अध्ययन गरेपछि प्रितम थापाथली इन्जिनियरिङ कलेजमा पढ्न काठमाडौं आए। प्रियसनाले ल्यापटप, किताबदेखि कोठा भाडासमेत तिरिदिन्थन्। उनीहरुबीच पढाइ सकिएपछि विवाह गर्ने सल्लाह भएको थियो।

यही बीचमा प्रियसनाको सिन्धुपाल्चोकबाट ललितपुर भट्टेडाँडामा सरुवा भयो। प्रियसनाले प्रितमलाई छोडेर अर्कै केटासँग विवाह गरिन्। त्यसपछि आक्रोशित भएका प्रितमले आफुहरुको सम्बन्ध सार्वजनिक गर्ने भन्दै प्रियसनालाई धम्की दिन थाले।

विवाद वढ्दै गएपछि उनीहरुको अफेयरका विषयमा प्रियसनाका पतिले पनि थाहा पाए। त्यसपछि उनी कालिमाटीस्थित महिला सेलमा गएर उजुरी दिए। प्रहरीले प्रितमलाई कार्यालयमा बोलायो। उनले प्रियसनासँगका सवै सम्वन्ध पतिकै सामु छताछुल्ल पारिदिए।

विवाह गर्ने आशा देखाएर अर्कै केटासँग भागेको भन्दै उनी प्रियसनामाथि खनिए। उनले ‘सम्वन्धलाई लुकाई राख्ने हो भने १२ लाख रुपैयाँ तिर्नुपर्छ’ भन्दै महिला सेलमै बार्गेनिङ गर्न थाले। प्रहरीले उनलाई ‘पैसाको लेनदेन प्रहरी कार्यालयमा हुँदैन’ भनेर सम्झायो।

त्यसपछि उनले ‘५० हजार भए पनि पुग्छ’ भन्दै जिद्धि गरे। अन्त्यमा प्रहरीले कार्यालय वाहिरै मिलाउनु भन्दै कागज गराएर छाडेको थियो।


प्रतिक्रिया

One thought on “शिक्षिकासँग शारीरिक सम्वन्ध राखेको विषय लुकाई राख्न विद्यार्थीले गरे पतिसँग १२ लाखको बार्गेनिङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट