झापामा ९ कक्षामा पढ्ने किशोरीमाथि खुकुरी प्रहार, १८ वर्षीय युवक पक्राउ

दमक– झापामा शुक्रबार १७ वर्षीया किशोरीमाथि स्थानीय एक युवकले खुकुरी प्रहार गरेका छन्।

बिहान करिव पौने ११ बजे भद्रपुर नगरपालिका–९, शान्तिचोककी श्रेया राईमाथि भद्रपुर–६ भानुचोकका १८ वर्षीय अभिषेक कर्णले खुकुरी प्रहार गरेका हुन।

भद्रपुर ८ स्थित एसएस निकेतनमा कक्षा ९ मा अध्ययनरत किशोरी घर फर्कने क्रममा स्कुल बसबाट ओर्लिने बित्तिकै कर्णले खुकुरी प्रहार गरेका थिए। घाइते श्रेयालाई तत्काल उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो।

त्यहाँबाट थप उपचारको लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर पठाएको प्रहरीले जनाएको छ। उनको टाउको र दुबै हातमा चोट लागेको प्रहरी जनाएको छ। अभिषेकलाई भाग्दै गर्दा प्रहरी चौकी घोडामाराले पक्राउ गरेको छ। उनको बारेमा प्रहरीले विस्तृत खुलाएको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट