बजेटमा कांग्रेस सांसदको प्रश्तावः सौराहालाई हनिमुन सिटी, रारामा हनिमुन सिप

काठमाडौँ – नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले चितवनको सौराहालाई ‘हनिमुन सिटी’ बनाउन प्रस्ताव गरेका छन्। प्रतिनिधि सभाको राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा आज आफ्नो भनाइ राख्दै गुरुङले यस्तो प्रश्ताव गरेका हुन।
उनले भने– ‘चितवनको सौराहलाई हनिमुन सिटी बनाइदिम जोडीहरू त्यहाँ जान्छन् हात्ती चढ्छन् घुम्छन्।’ यसैगरी, रारामा हनिमुन सिप संचालन गर्नुपर्ने उनको भनाई छ। ‘रारा हेर्न मात्रै किन जानु’ उनले भने’–‘हनिमुन सिप सञ्चालन गर्न सके आर्थिक रुपमा पनि देशलाई फाइदा हुन्छ ।’
बजेटमाथिको छलफलका क्रममा गुरुङले करको भार थप नगरि दायरा बढाएर राजस्व वृद्धि गर्न सकिने बताए। उनले आफूले गाँजा खेतीका लागि कानुन बनाउनका लागि पटकपटक सुझाव दिँदा यसलाइ प्रतिबन्ध गर्दा अरबौं राजस्व गुमिरहेको बताए।
औषधीजन्य पदार्थको रुपमा गाँजाको निर्यात गर्न सके दुई खर्व भन्दा बढि राजस्व उठ्ने उनको भनाइ छ। गुरुङले गाँजा र घरेलु मदिराका बारे सकारात्मक व्याख्या र छलफल हुनुपर्नेमा जोड दिए।