प्रसस्त अवसर हुँदा हुँदै विकेट लिन चुक्दा नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित

काठमाडौँ– विकेट लिने प्रसस्त अवसर गुमाउँदा टी–२० विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित भएको छ। नेपालले प्रस्तुत गरेको १ सय ७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८.४ ओभरमा ४ विकेटको क्षतिमा भेट्टाएको थियो।

झिनो लक्ष्य प्रस्तुत गरेको नेपालले खेलमा विकेट लिने थुप्रै अवसर गुमायो। सोमपाल कामी र कप्तान रोहित पौडेल क्याच लिने अवसरबाट चुकेका थिए। तथापी सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र अविनाश बोहराले १–१ विकेट लिए।

नेदरल्यान्ड्सका लागि म्याक्स ओ डाउडले सर्वाधिक ५४ रन बनाए। विक्रमजित सिंहले २८ बलमा २२ रन जोडे। साइब्रान्ड एन्जलब्रर्चटले १६ बलमा १४ रनको योगदान दिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सबै विकेटको क्षतिमा १०६ रन बनाएको थियो। नेपालका लागि कप्तान रोहित पौडेलले ३७ बलमा ५ चौकासहित सर्वाधिक ३५ रन बनाए। खेलमा खराब सुरुवात गरेको नेपालले चौथो ओभरमा नै दुवै ओपनरलाई गुमाएको थियो। भुर्तेल ७ र आसिफ शेख ४ रन बनाएर आउट भए।

करन केसीले १७, गुल्सन झा १४, अनिल शाह ११, कुशल मल्ल ९ बलमा ९ रन बनाएर आउट भए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेदरल्यान्ड्सका लागि टिम प्रिंगल र लोगन भान विकले ३–३ विकेट लिए भने पाउल भान मेकरेन र बास डे लिडेले २–२ विकेट लिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट