जँड्याहा सांसदको रक्सी मोहः संसद भवनमै मदिरा बार खोल्न प्रश्ताव

काठमाण्डौं– नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले संसद् भवनमा मदिरा बार खोल्न प्रस्ताव गरेका छन्। शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्ने क्रममा बजगाईंले बन्दै गरेको संसद् भवनमा बार खोल्न प्रस्ताव गरेका हुन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत विनियोजित बजेटमाथि खर्च कटौती प्रस्ताव राख्ने क्रममा उनले अमेरिकी संसदको उदाहरण दिदै विदेशी पाहुना आउँदा सोसियलाइजेसन गर्न बार निर्माण गर्ने प्रश्ताव गरेका हुन। पर्यटकीय हिसाबले पनि पनि बार निर्माण गर्नु महत्वपूर्ण हुने उनले बताए।

बजगाईं बोलेर लगत्तै कांग्रेसकै सांसदहरूले गलत विषयमा बोलेको भनेर आपत्ति जनाएका थिए। बजगाईंले भनेजस्तो संसद् भवनमा रक्सी भट्टी खोल्ने विषयमा आफूहरू सहमत नरहेको कांग्रेसका एक सांसदले बताए।

सांसद वजगाईँ मदिराप्रेमी मानिन्छन्। उनले रक्सीको झ्यापमा टेलिभिजनमा अन्तर्वार्ता दिएको भन्दै एक पटक विवादमा तानिएका थिए। २९ असोज ०८० मा एक टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा बजगाईंले उल्टो क्याप लगाएका थिए। सामान्यतया अन्तर्वार्ता दिने सांसदले क्याप लगाउँदैनन्, त्यसमा पनि ¥याप गायकले जस्तो उल्टो क्याप लगाएर अन्तर्वार्ता दिनु स्वभाविक मानिँदैन।

अन्तर्वार्ताका क्रममा बजगाईंको बोली लर्बराएपछि धमलाले समय छोट्याएका थिए। त्यो विवादास्पद अन्तर्वार्तामा बजगाईंले केपी ओलीसँग मिलेर डा. शेखर कोइरालालाई छिट्टै प्रधानमन्त्री बनाउने दाबीसमेत गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट