प्रेमिकालाई भित्र्याउन श्रीमतीको हत्या, परस्त्रीको मोहमा पर्दा यसरी भयो दर्दनाक घट्ना

जनकपुर– धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ सखुवा महेन्द्रनगरका ३८ वर्षीय राजु यादव (राजनारायण यादव) ले प्रेमीकासँग विवाह गर्न श्रीमती रुबी यादव (२८)को हत्या गरेको खुलेको छ। रुवीको शव शनिवार राती मिथिला नगरपालिका–६ औरहीस्थित सामुदायिक वनको खोल्सामा फेला परेको थियो।
राजुले २६ जेठदेखि श्रीमती हराएको र ६ वर्षका छोरा अस्मितको विचल्ली भएको भन्दै खोजी गरिदिन २७ जेठमा इलाका प्रहरी कार्यालय सखुवामा निवेदन दिएका थिए। प्रहरीले उनको निवेदन दर्ता गरेर रुबीको खोजी थालेको थियो।
अनुसन्धान गर्दै जाँदा प्रहरीले राजुप्रति नै शंका गर्नु पर्ने केही तथ्यहरु फेला पार्यो। गाउँले र आफन्तका अनुसार राजुले गत शनिबार बिहान औरही बाबाको दर्शन गर्न भन्दै श्रीमती रुबीलाई लिएर गएका थिए। तर, फर्किँदा उनी एक्लै आए।
यो सवै कुरा थाहा पाएपछि प्रहरीले राजुमाथि निगरानी सुरु गर्यो। बयान लिने क्रममा परिवार र राजुको वयान फरक परेपछि घट्नामा उनको संलग्नमा प्रहरी झनै प्रष्ट भयो। त्यसपछि ३१ जेठमा उनी पक्राउ परे।
सोधपुछका क्रममा उनले नै सवै कुरा खोलेका छन्। रुबी हराएको नभई आफूले मारेर फालेको उनले बयान दिएको प्रहरीले जनाएको छ। राजुकै वयानका आधारमा प्रहरीले रुबीको शव बरामद गरेको हो।
राजु केही महिनाअघि वैदेशिक रोजगारबाट फर्किएका थिए। त्यसपछि पारिवारिक विवाद उत्कर्षमा थियो। रुबीका भाइ महोत्तरीको बर्दिवास नगरपालिका–९ का अनित यादवका अनुसार विवादको क्रममा राजुले रुबीलाई कुटपिट तथा यातना दिने गरेका थिए। बेपत्ता हुनुभन्दा पाँच दिनअघि पनि राजुले श्रीमतीलाई निर्घात कुटपिट गरेको प्रहरीको रेकर्डमा छ।
त्यो घट्ना इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरसम्म पुगेको थियो। छलफलबाट सामान्य सहमतिपछि उनीहरु घर फर्किएका थिए। त्यसपछि आफुले रुबीलाई पन्साउने योजना बनाएको राजुको भनाई छ। आफनो प्रेमीका रहेको बताउँदै रुबीको हत्या गरी प्रेमिकासँग विवाह गर्नकै लागि आफु विदेशबाट फर्किएको बयान उनले दिएका छन्। प्रहरीले प्रेमिकाको पहिचान भने खुलाएको छैन।
रुबीको शव फेला परेपछि माइती पक्षले कर्तव्य ज्यान मुद्दाको जाहेरी दिएको छ। त्यही जाहेरीका आधारमा राजुमाथि कारबाही प्रक्रिया अघि बढाउने इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका इन्स्पेक्टर सोनुकुमार साहले बताए।
यो पनि,