ट्रक चालकको हत्या आरोपमा शिक्षिका पक्राउ, हत्याको कारण अझै खुलेन

काठमाण्डौं– बैतडीमा ट्रक चालकको हत्या गरेको आरोपमा प्रहरीले सहस्त्रलिङ्ग प्राविकी शिक्षिका ३६ वर्षीया भागरथी विष्टलाई पक्राउ गरेको छ।

पाटन नगरपालिका–६ का ५१ वर्षीय विरभानसिंह बिष्टको हत्या आरोपमा एकल महिलासमेत रहेकी भागिरथी पक्राउ परेकी हुन। मृतकको शव पाटन–पञ्चेश्वर सडकको घानल खोलामा फेला परेको छ भने शिक्षिकाले हत्याको आरोप स्विकार गरेकी छिन्।

राहत कोटामा शिक्षक रहेकी भागिरथीले असार १ गते राती आफनै घरमा विरभानको हत्या गरेको खुलेको छ। शव व्यवस्थापनको जिम्मा भने एक अटो चालकलाई दिएको उनले प्रहरीसमक्ष बयान दिएकी छिन्।

भागरथी र विरभानको पुरानै चिनजान रहेको खुलेको छ, तर, हत्या किन भयो भन्ने खुलेको छैन। शनिबारदेखि घर÷परिवारसँग सम्पर्कविहिन भएका विरभानको खोजी भईरहेको थियो। यसैविच भागरथीको घरबाट खेतको आली हुँदै ५ सय मिटर तल सडकसम्म मान्छे घिसारेको संकेत र रगत समेत देखिएपछि स्थानीययले प्रहरीलाई खवर गरेका थिए।

त्यसपछि पुगेको प्रहरीले अनुशन्धानका लागि भागिरथीलाई पक्राउ गरेको थियो। प्रहरीका अनुसार विरभानको शनिवार राती नै हत्या गरिएको खुलेको छ। त्यो दिन शव घरमै राखेर आईतबार राती मात्रै ब्यवस्थापन गरिएको जनाईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट