टायर पड्किएर स्कारपियो दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ जना घाईते

जनकपुर– सर्लाहीको बाग्मती नगरपालिकास्थित भरत ताल घुमेर बाराको पिलुवा जाँदै गरेको भारतीय नम्बरप्लेटको स्कारपियो शुक्रबार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। मृत्यु हुने दुवै भारतीय हुन। दुर्घटनामा अन्य ४ जना घाइते छन्।
बिआरजिरो ५ एटी ५९६३ नम्बरको स्कारपियो पुर्व–पश्चिम राजमार्गको चन्द्रपुर नगरपालिका–४, धन्सार पुल नजिक पुगेपछि पछाडि बायाँ साइडको चक्का पड्किएर अनियन्त्रित भई दुर्घटना भएको हो। स्कारपियो राजमार्गबाट तल खसेर खयरको रुखमा ठोक्किएको प्रहरीले जनाएको छ।
जिपमा ६ जना सवार थिए। त्यसमध्ये भारत बिहार पुर्वी चम्पारण ग्राम पञ्चायत झिट्काही –४ का ३५ वर्षीय तमन्ना शेख र २१ वर्षीय ईर्फान आलमको मृत्यु भएको छ। ईर्फान आलमको मेडिसिटी बयोधा अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो। अ
घाइते ४ जनाको वीरगंजमा उपचार भइरहेको छ। घाईते हुनेमा स्कारपियो चालक २२ वर्षीय सोहेल अमिर, आशिष रेजा, उल्लाह शेख र सद्धाम हुसेन रहेको प्रहरीले जनाएको छ।