यस्तो पनि प्रेमः पतिले वहिनी र ससुराले आमा लिएर भागेपछि महिलाको विचल्ली

राजविराज– भारतको बिहार राज्यस्थित मुजफ्फरपुरमा पर्ने फरिदपुर गाउँमा एउटा अनौठो प्रेमकथा सार्वजनिक भएको छ। वहिनीको पति आफनो पतिसँग र आमाको ससुरासँग प्रेम सम्वन्ध सार्वजनिक भएपछि यहाँकी एक महिला विलखवन्धमा परेकी छिन्।
यो घट्नाका बारेमा जानकारी पाउनेहरु यो प्रेमकथामा के होला भन्ने उत्सुक्तामा छन्। जानकारी अनुसार फरिदपुरको भगवनपुरकी सुधाका पति १३ वर्षीया सालीलाई लिएर भागेका छन्। सुधाकी आमा पनि सम्धी (सुधाका ससुरा) सँग भागेपछि मामिला झन् जटिल बनेको छ। अहिले पीडित महिला न्यायको माग गर्दै भौतारिन बाध्य छिन्।
जानकारीका अनुसार पीडित महिला सुधाको भगवानपुर गाउँका छोटुकुमारसँग विवाह भएको थियो। विवाहपछि सबै ठीकठाक चलिरहेको थियो। उनिहरुकी एक छोरी जन्मिईन। यसैबीच छोटू सालीतर्फ आकर्सित हुन थाले। दुबै जना फोनमा कुरा गर्न थाले र बिस्तारै प्रेममा परे। सालीको प्रेममा पागल भएका उनी विस्तारै सुधासँग टाढिन थाले। हरेक दिन झगडा हुन थाल्यो। अन्त्यमा उनी १३ वर्षीया सालीलाई लिएर फरार भए।
पीडित महिलाका अनुसार ३ जुनमा छोटू आफ्नी नाबालिग सालीलाई लिएर भागेका हुन। दुवैले मुजफ्फरपुर स्टेशन नजिकै बिहे गरेर दिल्ली गएको उनको भनाई छ। त्यसपछि उनी माईत गईन र आफुमाथि आईलागेको सवै पीडा सुनाईन। त्यसपछि उनकी आमा कान्छी छोरीको खोजी गर्न सुधाको घर गईन।
तर त्यसपछि उनी पनि बेपत्ता भइन्। पछि पीडित महिलाले आफ्नी आमा पनि ससुरा बिराजी भगतसँगै दिल्ली भागेको थाहा पाएकी थिइन्। सुधाले आफ्नी आमाले नै श्रीमान् छोटू र बहिनीको विवाह गराएको आरोप लगाएकी छिन्। अनि पछि उनी ससुरासँगै भागिन्।
सुधाले प्रहरी चौकीमा लिखित उजुरी दिएकी छिन्। सुधाको निवेदनमा प्रहरीले अनुसन्धान गरिरहेको छ।