सस्तो वजारमा १९ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा भारतीय नागरिक पक्राउ

काठमाडौं– काठमाडौंको नयाँ बानेश्वरमा एक किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।
१९ वर्षीया किशोरी करणी गरेको आरोपमा भारतको बिहार राज्य मोतिहारी घर भएका ३० वर्षीय धर्मेन्द्र जैसवाललाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो।
काठमाडौं महानगरपालिका–३१ शंखमुलमा डेरा लिएर बस्ने जैसवालले किशोरीलाई नयाँ बानेश्वरस्थित सस्तो बजारमा जबर्जस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो।
सोही उजुरीका आधारमा प्रहरी वृत्त नयाँ बानेश्वरले जैसवाललाई पक्राउ गरेको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया