मकवानपुरको विकट गाउँमा जंगली च्याउ खाँदा १ जनाको मृत्यु, परिवारका ४ सदस्य विरामी

काठमाण्डौं– मकवानपुरको राक्सिराङ गाउँपालिका–७, दगुबाङमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ भने उनकै परिवारका ४ जना सदस्य गम्भिर विरामी परेका छन्।

शनिबार साँझ जंगली च्याउ खाँदा विरामी परेका एकै परिवारका ५ जना मध्ये ४५ बर्षीय दलबहादुर चेपाङको मृत्यु भएको छ। उपचारका लागि आइतबार भरतपुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु उनको मृत्यु भएको राक्सिराङ–७ का वडा अध्यक्ष रामबहादुर चेपाङले जानकारी दिए।

च्याउ खाएका दलबहादुरकी श्रीमती जालीमाया, छोरीहरू रेञ्जु र सिवना र छोरा सुशील पनि विरामी छन्। उनीहरूको चितवनस्थित भरतपुर अस्मापतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको वडाध्यक्ष चेपाङले बताए।

राक्सिराङ गाउँपालिका मकवानपुरको विकट क्षेत्र हो। यहाँ चेपाङ समुदायले छाक टार्नका लागि च्याउ, वन तरूल, गिठ्ठा भ्याकुरलगायतका जंगली कन्दमूल खाने गरेका छन्। जसका कारण यहाँ हरेक वर्ष मानिसहरु विरामी पर्ने गरेको वडाध्यक्ष चेपाङले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट