अमेरिकालाई १० विकेटले हराउँदै इंग्ल्यान्ड टी–ट्वान्टी विश्वकपको सेमिफाइनलमा
काठमाडौं– अमेरिकालाई १० विकेटले पराजित गर्दै इंग्ल्यान्ड टी–ट्वेन्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। ९.४ ओभरमा लक्ष्य भेट्टाएको इंग्ल्याण्ड सेमिफाइनलमा पुग्ने पहिलो टिम बनेको छ।
इंग्ल्यान्डले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि अमेरिका ब्याटिङमा उत्रिएको थियो। अमेरिकाले दिएको ११६ रनको लक्ष्य इंग्ल्यान्डले विनाविकेटको क्षतिमा ६२ बल बाँकी छँदै पूरा गरेको हो।
इंग्ल्यान्डका लागि जोस बटलरले सर्वाधिक ६३ रनको योगदान दिए। उनले ३८ बलमा ६ चौका र ७ छक्का प्रहार गरे भने अर्का ब्याटर फिल साल्टले २५ रन बनाए।
पहिलो इनिङमा अमेरिका १८ दशमलव ५ ओभरमा अलआउट भयो। अमेरिकाका लागि नीतिशकुमारले २४ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३० रन जोडे। कोरी एन्डरसनले २८ बलमा २९ रनको योगदान दिए भने हरमित सिंहले २१, स्टिभन टेलरले १२ तथा कप्तान एरोन जोन्सले १० रन बनाए।इंग्ल्यान्डका लागि क्रिस जोर्डनले ह्यट्रिकसहित एकै ओभरमा ४ विकेट लिए।
साम करान र आदिल रसिदले २–२ तथा रिक्की टोप्ले र लियाम लिभिङस्टोनले १–१ विकेट लिए।
लोकप्रिय
अन्तरिम सरकारमा कल्याण श्रेष्ठलाई प्रधानमन्त्री बनाउने प्रयास असफल, राजु पाण्डेलाई गृहमन्त्री बनाउन चाहन्थे बालेन
बालेन्द्र साहको तिव्र असन्तुष्टिः प्रधानमन्त्रीसँग भेटेर भने– ‘गृहमन्त्रीले युवाको अपमान गरे, हटाउनोस्’
ताजा अपडेट
जेन–जी सरकारले खोस्यो पूर्वप्रधानमन्त्री माधव नेपालको सुरक्षा र सुविधाः भ्रष्टाचार मुद्दा पछि सुरक्षाकर्मी फिर्ता
