गुल्मीमा पहिरोले घर पुरिँदा ८ महिने बालिकासहित एकै परिवारका ५ जनाको मृत्यु

काठमाण्डौं– गुल्मीको मालिका गाउँपालिका–६ कडेल पाटामा पहिरोले घर पुरिंदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ।
पहिरोले घर पुर्दा ५५ वर्षीय भेषबहादुर कामी, ४८ वर्षीया उनकी श्रीमती सुन्तली कामी, बुहारी २६ वर्षकी सीता बिक, नातिनीहरू ८ वर्षकी सपना बिक र ८ महिनाकी बिपना बिकको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय गुल्मीका इन्स्पेक्टर सूर्यभान चौधरीका अनुसार पहिरोले भेषबहादुरको ढुंगामाटोले बनेको दुई तले घर पुरेको थियो। घर पहिरोले पुिरएको बिहान ७ बजे मात्रै जानकारी भएको प्रहरीले जनाएको छ।
गएराति आएको अविरल वर्षाले पहिरो गएको जानकारी पाएपछि ईश्मा प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी टोली खटिएको थियो।
प्रतिक्रिया