आँप टिपेको विषयमा विवाद हुँदा कुटपिट गरेको वद्ला लिन किशोरको हत्या

जनकपुर– आँप टिपेको विषयमा विवाद हुँदा कुटपिट गरेको वद्ला लिन रौतहटमा एक किशोरको हत्या गरिएको छ। ईशनाथ नगरपालिका–९ लवातना गाउँका १७ वर्षीय सहबाज मियाँ आलमको पेटमा छुरा हानेर हत्या गरिएको हो।
हत्या आरोपमा २ युवा पक्राउ परेका छन्। बौधीमाई नगरपालिका–१ बौधापतौरा घर भई हाल ईशनाथ–३ स्थित मामा घरमा बस्दै आएका १८ वर्षीय दशई साह र १९ वर्षीय रोशन साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी एलिजा गिरीले वताईन।
उनिहरुले मंगलबार राति घर नजिकैको आँपको बगैंचामा शौच गर्न गएको मौका छोपेर आलमको हत्या गरेको खुलेको छ। आलमको पेटमा दसई र रोशनले रड र छुरा प्रहार गरी हत्या गरेको प्रहरीको भनाई छ।
प्रहरीका अनुसार आँप टिपेको विषयमा विवाद हुँदा दशई र रोशनमाथि आलमले कुटपिट गरेको र त्यसैको वदला लिन आलमको हत्या गरेको अनुसन्धानबाट खुलेको छ।
प्रतिक्रिया