वीरगन्ज होटलमा झुन्डिएको अवस्थामा फेला परेका पुरुष–महिला को हुन ?

वीरगन्ज— वीरगन्ज महानगरपालिका भित्रको एक होटलमा एक पुरुष र एक महिलाको शव झुन्डिएको अवस्थामा फेला परेको छ। भानुचोक स्थित नवदुर्गा लजमा आइतबार बिहान उनीहरू मृत अवस्थामा भेटिएका हुन।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार प्रारम्भिक रूपमा मृतकहरू भारतीय दम्पती रहेको आशंका गरिएको छ। तर, हालसम्म उनीहरूको औपचारिक सनाखत हुन सकेको छैन। डीएसपी हरिबहादुर बस्नेतले दिएको जानकारी अनुसार दुवै जनाको शव कोठाभित्रै झुन्डिएको अवस्थामा फेला परेको हो।

होटल सञ्चालकका अनुसार ती पुरुष र महिला करिब तीन दिनदेखि उक्त लजमा बस्दै आएका थिए। आइतबार बिहान अबेलासम्म कोठाबाट बाहिर ननिस्किएपछि शंका लागेर ढोका खोली हेर्दा उनीहरू झुन्डिएको अवस्थामा भेटिएको प्रहरीको प्रारम्भिक विवरण छ।

मृतकमध्ये पुरुष करिब ४० वर्षका र महिला करिब ३५ वर्षकी रहेको अनुमान गरिएको छ, तर उनीहरूको वास्तविक परिचय अझै खुल्न नसकेकोले अनुसन्धान जटिल बनेको छ। घटनापछि प्रहरीले तत्कालै मुचुल्का उठाएर शवलाई नारायणी अस्पतालमा पोष्टमार्टमका लागि राखेको छ।

मृत्युको वास्तविक कारण खुलाउन मेडिकल परीक्षणको प्रतिवेदन निर्णायक हुने अपेक्षा गरिएको छ। साथै, कोठाभित्रको अवस्था, उनीहरूको गतिविधि, र सम्भावित सम्बन्धबारे प्रहरी विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट