श्रीमतीको घाँटी रेटी ५ वर्षीय छोरा लिएर श्रीमान फरार, खोल्सामा भेटियो शव
काठमाण्डौं– रुकुम पूर्वमा श्रीमतीको घाँटी रेटेर हत्या गरी शव खोल्सामा फालेर एक ब्यक्ती फरार भएका छन्।
भूमे गाउँपालिका–६ तमारीका २७ वर्षका दामे भनिने जीवन ओली श्रीमती २५ वर्षीया अप्सरा ओलीको हत्या गरी फरार भएका हुन।
खुकुरीले घाँटी रेटेर हत्या गरी घरदेखि सय मिटरको दुरीमा रहेको खोल्सामा फालिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका इन्स्पेक्टर हरी भट्टराईले जानकारी दिए।
घट्ना शुक्रबार राती भएको प्रहरीले जनाएको छ। इन्स्पेक्टर भट्टराईका अनुसार हत्यामा संलग्न भएको आशंका गरिएका जीवन ५ वर्षका छोरा आयुशलाई लिएर फरार छन्।
मृतकको शव पोष्टमार्टमका लागि रुकुम पूर्व अस्पतालमा राखिएको र जीवनको खोजी भईरहेको भट्टराईले बताए।
प्रतिक्रिया
