साइप्रसमा बस्ने दुई नेपाली युवामाथि छुरा प्रहार, एक जनाको अवस्था गम्भिर

काठमाण्डौं– साइप्रसमा रहेका दुई नेपाली युवामाथि छुरा प्रहार भएको छ। लिमाजोलको आइओस क्षेत्रमा बस्ने ३३ वर्षीय र २५ वर्षीय युवकमाथि छुरा प्रहार भएको हो।

आइतबार बिहान घाइते अवस्थामा फेला परेका उनीहरुलाई कस्ले छुरा हान्यो भन्ने खुलेको छैन। लिमाजोल जनरल अस्पतालको इन्टेन्सिभ केयर युनिटमा उपचार भइरहेका उनीहरु मध्ये एकजनाको अवस्था चिन्ताजनक छ।

त्यहाँको स्थानीय सिटी सीआईडीले घटनाको अध्ययन गरिरहेको छ। घाइतेमाथि काँधमा छुरा प्रहार गरिएको पाइएको छ। उनीहरुको नाम र नेपालको ठेगाना पनि खुलेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट