अमेरिकामा एक नेपालीको गोली हानी हत्या

काठमाण्डौं– अमेरिकाको टेक्ससमा आईतबार एक नेपालीको गोली हानी हत्या भएको छ। टेक्ससको वेको सिटी नजिकै हाइवे–३५ मा अवस्थित ग्यास स्टेशनमा काम गर्ने ३० वर्षीय दीपक वलीको हत्या भएको हो।

रुकुमको बाँकेकोट घर भएका वलीको लुटेराहरूको समूहले हत्या गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। स्थानीय समयअनुसार बिहान ५ बजे उनको गोली हानी हत्या भएको बताइएको छ। हत्यामा तीन जना लुटेराका संलग्न थिए।

घटनाको बारेमा उनको परिवारलाई जानकारी गराइसकिएको छ। अहिले घटनाको अनुसन्धान भइरहेको प्रहरीको उधृत गर्दै संचार माद्यमले जनाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट