एक क्विन्टल गाँजा नियन्त्रणमा लिन धरानमा प्रहरीले गोली चलायो

इटहरी— सुनसरीमा मंगलबार एक क्विन्टल गाँजा नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ। धरान उपमहानगरपालिका–१५, श्यामचौक भन्दा अगाडि पानवारी जाने बाटोमा गोली चलाएर भारतीय नम्बर प्लेटको कारमा लोड गरिएको गाँजा नियन्त्रण गरिएको हो।

श्यामचोकबाट पानबारी जाने सेउती पुलमा गस्तीमा रहेको प्रहरीलाई देखेपछि डब्लूबी७४एस२५३१ नम्बरको कार भाग्न खोजेको थियो। त्यसपछि चाइनिज पेस्तोलबाट १ राउण्ड हवाई फायर गरिएको प्रहरीले जनाएको छ।

प्रहरीलाई छलेर भाग्न खोज्दा हवाई फायर गरी गाँजा लोड गरिएको कार नियन्त्रणमा लिनुपरेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ। डीएसपी नवीनकृष्ण भण्डारीका अनुसार कारलाई रोक्ने प्रयास गर्दा तीव्र गतिमा अघि बढेको थियो। पछ्याउँदै गएको प्रहरीले गोली हानेपछि करिब ३५ मिटर पर कार रोकी चालक जंगलतर्फ भागेको उनको भनाई छ।

कार खानतलासी गर्दा प्लास्टिकको ५ वटा बोरामा १ सय केजी गाँजा बरामद गरिएको भण्डारीले जनाए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट