३ जना सवार मोटरसाईकलमाथि रुखको हाँगा खस्दा एक जनाको मृत्यु

जनकपुर– बाराको निजगढमा रुखको हाँगा भाँचिएर लाग्दा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ। अन्य दुईजना घाइते भएका छन।

मंगलबार दिउँसो करिब ३ बजे निजगढ– १०, लालगाउँबाट रतनपुर जाँदै गरेको प्र२–०२–०१७ प ९६३५ नम्बरको चलिरहेको मोटरसाइकलमाथि निजगढ नगरपालिका– ११ मा पुगेपछि रुखको हाँगा खसेको थियो।

त्यसपछि लडेको मोटरसाईकलमा सवार निजगढ नगरपालिका– ११ का सुमन बम्जनकी श्रीमती २२ वर्षीया अस्मिता मोक्तानको घटनास्थलमै मृत्यु भएको हो। रुखको हाँगा उनको टाउकोमा बज्रिएको थियो।

इलाका प्रहरी कार्यालय निजगढका इन्स्पेक्टर सुमित कुसवाहका अनुसार मोटरसाइकलमा सवार निजगढ नगरपालिका– ११ का १८ वर्षीय सन्देश बम्जन र २२ वर्षीया बिनिता ब्लोन घाइते भएका छन। उनीहरू निजगढस्थित सामुदायिक प्रसूतिगृह अस्पताल र मुहमदिन मेडिकलमा उपचार भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट